प्रहरीलाई स्थानीय भाषाको ज्ञान नहुँदा समस्या
मुस्ताङ | पुस २१, २०८२
मुस्ताङ: यहाँस्थित जिल्ला प्रहरी कार्यालय मुस्ताङ मातहत १९ प्रहरी एकाइ कार्यालय छन् । यसमध्ये १० प्रहरी एकाइ कार्यालयको आफ्नै भवन छैन । कार्यालय भवन नभएका यहाँस्थित प्रहरी एकाइ हालसम्म पनि विभिन्न व्यक्ति तथा संघ संस्थाको भवनमा आश्रय लिइरहेका छन् ।
जिल्ला मुस्ताङ प्रहरी कार्यालयमातहतको प्रहरी एकाइहरूको आफ्नै भवन संरचना नहुँदा यहाँ कार्यरत प्रहरी सुरक्षाकर्मीलाई विभिन्न प्रकारका समस्या र चुनौती भोग्नुपर्ने बाध्यता रही आएको छ ।
भौगोलिक विकटता कठिन भूगोल र प्रतिकूल मौसमका बाबजुद मुस्ताङका प्रहरी एकाइहरूले वर्षौंवर्ष पुरानो परम्परागत ढुंगामाटोले बनेको कच्ची भवनमा कार्यसम्पादन गर्नुपर्ने अवस्था छ ।
जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार यहाँका १९ प्रहरी एकाइमध्ये चार एकाइ कार्यालय विभिन्न व्यक्तिको घरमा भाडामा बस्दै आइरहेका छन् । प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाका अनुसार वारागुङ मुक्तिक्षेत्र—४ कागबेनीस्थित प्रहरी चौकी कागबेनी, थासाङ—२ कोवाङस्थित प्रहरी चौकी कोवाङ, घरपझोङ—४ जोमसोम पर्यटक प्रहरी (जोमसोम) र घरपझोङ—३ एक्लेभट्टी जिल्ला ट्राफिक कार्यालय विभिन्न व्यक्तिको घर भाडामा लिएर बसेका छन् ।
यहाँका भाडाका भवनमा बसेका यी प्रहरी एकाइको कार्यालयको खर्चको लागि जिल्ला प्रहरी कार्यालयमार्फत भुक्तानी गर्ने गरिएको छ ।
यसैगरी मुस्ताङ प्रहरीका १९ प्रहरी एकाइमध्ये ६ प्रहरी एकाइ विभिन्न संघसंस्थाको स्वामित्वमा रहेको भवनमा बस्दै आइरहेका छन् । माथिल्लो मुस्ताङको नेपाल—चीन सिमाना नजिकै रहेको प्रहरी चौकी छोसेर लोमान्थाङ–२ छोसेर न्हेचुङस्थित मुस्ताङ भन्सार कार्यालयको भवनमा बस्दै आएको छ ।
सीमा नाका र भन्सार कार्यालयको सुरक्षाका लागि खटिएको प्रहरी चौकी छोसेर वर्षांैवर्षदेखि भन्सारको भवनमा आश्रय लिएर बसेको हो । यद्दपि त्यहाँ प्रहरी एकाइका लागि नेपाल सरकारबाट १३ रोपनी जग्गा प्राप्ति भइसकेको लामो समय वितिसक्दा पनि प्रहरी एकाइको आफ्नै भवन संरचना बन्न सकेको छैन ।
माथिल्लो मुस्ताङको लोमान्थाङ—२ स्थित छोन्हुप प्रहरी चौकी पनि सङ्घीयता अघिको पुरानो गाविस भवनमा ओत लाग्न बाध्य छ । स्थानीयको शान्ति सुरक्षाका लागि खटिएका त्यहाँ कार्यरत प्रहरी एकाइका सुरक्षाकर्मीलाई जीर्ण भवनमा बसेर काम गर्नुपर्दाको समस्या र चुनौती बेग्लै छ ।
माथिल्लो मुस्ताङकै लोघेकर दामोदरकुण्ड गाउँपालिका—५ स्थित सुर्खाङ प्रहरीचौकी त्यहाँको ढी प्रथमिक विद्यालयको भवनमा बस्दै आएको छ । सोही पालिकाको लोघेकर—२ स्थित घमी प्रहरी चौकीे एक्यापको भवनमा बस्दै आएको छ, भने लोघेकर दामोदरकुण्ड—१ स्थित चराङ प्रहरीचौकी सकारी विद्यालयको भवनमा बस्दैआएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
यसैगरी यहाँको वारागुङ मुक्तिक्षेत्र—३ छुसाङस्थित इलाका प्रहरी कार्यालय छुसाङ आमा समूहको भवनमा बस्दैआएको प्रहरी नायब उपरीक्षक लामाले जानकारी दिए ।
मुस्ताङ प्रहरी मातहतका १९ वटा प्रहरी एकाइमध्ये चार वटा प्रहरी एकाइमध्ये इलाका प्रहरी कार्यालय छुसाङ मात्रै संस्थाको भवनमा बसेको हो । अन्य तीन इलाका प्रहरी कार्यालयको आफ्नै भवनबाट सेवा प्रवाह भइरहेको प्रहरी नायब उपरीक्षक लामाको भनाइ छ ।
यहाँस्थित मुस्ताङ प्रहरीका १९ वटा एकाइमध्ये जिल्ला प्रहरी कार्यालय मुस्ताङ, इलाका प्रहरी कार्यालय लोमान्थाङ, इलाका प्रहरी कार्यालय मुक्तिनाथ र इलाका प्रहरी कार्यालय लेतेको आफ्नै भवनबाट प्रहरी कार्यसम्पादन भइरहेको छ । प्रहरी एकाइमध्ये प्रहरी चौकी अन्तर्गत म्याग्दी र मुस्ताङको सिमाना घाँसामा प्रहरी चौकीको पनि आफ्नै भवन बनेर प्रहरी कार्यसम्पादन भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्लामा प्रहरीको ३१३ जनाको दरबन्दी रहेको छ । हाल जिल्ला प्रहरी कार्यालय मातहत २१४ जना प्रहरी सुरक्षाकर्मी कार्यरत रहेको प्रनाउ लामाले बताए ।
भौगोलिक रुपले विकट मुस्ताङका दुरदराजका प्रहरी एकाइका सुरक्षाकर्मीलाई स्थानीय भाषाको ज्ञान नहुँदा समुदायमा रहेर काम गर्न अप्ठेरो पर्ने गरेको छ ।
पोखरा । सञ्चारिका समूह गण्डकीको अध्यक्षमा राधिका कडेल निर्वाचित भएकी छन् । पोखरामा सम्पन्न सतौँ महाधिवेशनले कँडेलको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो ...
पोखराः पोखरामा जारी २१ औं फेवा नव बर्ष महोत्सव २०८३ को दोश्रो दिन सोमबार लेकसाइडमा आयोजित पर्यटक दौड प्रतियोगितामा क्यानडाका दिरेक मिलरोइ प्रथम भएका छन् । यसैगरी स्पेनका अड्रिया फेरर द्वितीय भए भने अष्ट्...
पोखरा: राष्ट्रिय हेमजा आलु महोत्सवको चौथों दिन सोमबारसम्म त्यहाँ १३ लाख बढीको आलु कारोबार भएको छ । महोत्सव मध्येतिर आउँदा त्यहाँ दर्शक सहभागिता पनि बढ्दै गएको छ । शनिबार र आइतबार सार्वजनिक ...

